काठमाण्डौ । अमेरिकामा ब्याजदर बढ्नु र चीनमा कोरोनाको कहरका कारण विश्व बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ।
यी दुवै कारणले तेलको माग घट्ने सम्भावना कारण मूल्यमा गिरावट आएको हो। शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
अमेरिकामा नीतिगत ब्याजदर पहिले अनुमान गरिएको भन्दा बढी हुन सक्ने त्रास लगानीकर्तामा देखिएको छ। यसका साथै चीनमा कोरोनाको प्रकोपका कारण विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशमा तेलको माग घट्ने सम्भावना पनि बढेको छ।
शुक्रबार प्रारम्भिक कारोबारमा ब्रान्ड कच्चा फ्युचर ०.२ प्रतिशत अर्थात २२ सेन्टले घटेर ९४.५५ प्रतिब्यारेलमा किनबेच भएको थियो। अघिल्लो सत्रमा यो १.५ प्रतिशतले घटेको थियो।
कच्चा तेल डब्ल्यूटीआई फ्युचर्स पनि ०.३ प्रतिशत अर्थात २७ सेन्टले घटेर ८७.९० डलर प्रतिब्यारेलमा कारोबार भएको थियो। यसले अघिल्लो सत्रको तुलनामा २ प्रतिशतले घाटा बढाएको छ। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago