काठमाण्डौ । चीनमा निर्मित पहिलो स्वदेशी यात्रुवाहक विमानको सफलतापूर्वक व्यावसायिक उडान गरिएको छ।
यो उडानसँगै आधिकारिक रुपमा चीन नागरिक उड्डयन क्षेत्रमा प्रवेश गरेको छ। योसँगै चीनले पश्चिमी प्रतिद्वन्द्वी बोइङ र एयरबसलाई टक्कर दिने भएको छ।
चाइना इस्टर्न एयरलाइन्सद्वारा सञ्चालित उक्त सी–९१९ विमानले संघाईबाट बेइजिङसम्मको पहिलो व्यावसायिक उडान भरेको हो। विमानमा १२८ यात्रु सवार थिए। विमानले करिब २ घन्टा २५ मिनेटको उडान भरेको थियो।
यो विमानको निर्माण कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (सीओएमएसी)ले गरेको हो। डबल इन्जिनवाला यो विमानमा कुल १६४ सिट छन्। यो चीन स्वयंले निर्माण गरेको ट्रंक जेटलाइनर विमान हो। जसले अन्तर्राष्ट्रिय उडान मानकहरु पूरा गरेको छ।
यो विमानले सानो आकारको जेट्स ए३२० र बी७३७ सँग सीधा प्रतिस्पर्धा गर्ने सीएनएनले जनाएको छ। जुन मुख्य रुपमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिन्छ।
अधिकारीहरुका अनुसार चिनियाँ विमानको प्रवेश अब बोइङ र एयरबसमाथिको निर्भरता कम हुनेछ। –एजेन्सी
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago