काठमाण्डौ । विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले चीनमा आफ्ना कारको बिक्री मूल्यमा कटौती गर्दा अमेरिकी सेयर लगानीकर्ताले घाटा व्यहोरेका छन्। 

पछिल्लोपटक चीनमा कार कम्पनीहरुबीच प्राइस–वार नै चलेको छ। प्राइस–वारकै कारण चीनमा टेस्लाको मोडेल वाईमा करिब २ हजार डलर अर्थात १४ हजार युयान डिस्काउन्ट दिइएको छ। यो मूल्य छुटमा भने अमेरिकी लगानीकर्ता असन्तुष्ट देखिएका छन्। 

हाल विश्व बजारमा टेस्लाको लङ रेन्जको मूल्य ४१ हजार ३४० अमेरिकी डलर र पफर्मेन्स मोडेलको ४८ हजार २०० अमेरिकी डलर रहेको छ। 

चीनमा टेस्ला मोडेल ३ मा पनि १ हजार १०७ डलर छुट दिइएको छ। योसँगै टेस्लाको सेयरभाउमा १.२ प्रतिशतको गिरावट आएको छ। 

यसअघि पनि गत जनवरीमा टेस्ला कारको बिक्री मूल्यमा कटौती गरिएको थियो। टेस्ला कम्पनीका मालिक एलन मस्कले बिक्री बढाउन मूल्य घटाइएको बताएका छन्। –एजेन्सी