काठमाण्डौ । चीनको एक राजमार्गमा एक बीवाइडी इलेक्ट्रिक कारमा आगलागी भएको घटना हालै सार्वजनिक भयो।

सामाजिक सञ्जालहरुमा भाइरल भएको फुटेजमा फेब्रुअरी १७ मा शान्डोङ प्रान्तको यान्ताई सहरको सडकमा विद्युतीय एसयूभीमा आगो दनदनी बलिरहेको देखिन्छ । 

बीवाइडी, जसको अर्थ बिल्ड योर ड्रीम्स हो, टेस्ला र चिनियाँ ब्रान्ड ग्रेट वाल मोटर जस्ता अन्य कम्पनीहरू विरुद्ध प्रतिस्पर्धा गर्दै चीनको बढ्दो ईभी बजारमा प्रतिस्पर्धा गर्ने अटोमेकरहरूमध्ये एक हो। यो कम्पनीबाट उत्पादित कारहरु नेपालमा समेत पछिल्लो समय ग्राहकको रोजाईमा पर्न थालेको छ । 

वारेन बफेटको बर्कशायर हाथ्वेको समेत लगानी रहेको यो कम्पनीमा प्रारम्भिक २३० मिलियन डलर बराबरको लगानी बढेर ९.५ बिलियन डलर पुगिसकेको छ । अमेरिकी लगानी आइकनले हालै बीवाइडीमा आफ्नो फर्मको केही इक्वीटी बिक्री गरेको थियो, २.६ डलर नाफा कमाउँदै । 

बीवाइडीको यो व्यापारको ग्राफ र लगानीकर्तालाई दिएको बम्पर रिटर्नको आँकडाले समेत चिनमा यसलाई औधी मन पराइएको पुष्टि हुन्छ । 

त्यस्तै अवस्था नेपालमा पनि छ । हालै सम्पन्न ‘नाडा अटो शो’मा बीवाइडीले लञ्च गरेको डल्फिन मात्रै २५० युनिट भन्दा बढी बुक भएका थिए । अन्य मोडल समेत गरी ग्राहकको उच्च आकर्षण रहेको र नेपालमा बीवाइडी गाडी भित्र्याउने साइमेक्स इंकले दशैंअघि नै एकहजार यूनिट गाडी डेलिभर गर्ने घोषणा गरेको छ । 

अग्रिम रुपमा बुक भएका गाडीहरुको डेलिभरि समय आउनै लाग्दा साइमेक्स इंकले केही साताअघि गोकर्णमा बीवाइडीमा प्रयोग हुने ब्लेड ब्याट्रीको नेल पेनिट्रेसन टेस्ट समेत गरेको थियो । सो क्रममा बीवाइडीमा प्रयोग भएको ब्लेड ब्याट्रीमा आगो नै नलाग्ने दाबी गरिएको थियो । अन्य इभीका ब्याट्रीमा भने आगलागी हुने उनीहरुको दाबी थियो । 

तर, चीनमा बीवाइडी गाडीमा एउटा मात्र होइन, बग्रेल्ती आगलागीका घटना सार्वजनिक भएका छन् । यसले नेपालमा गरिएको दाबी झूठा रहेको पुष्टि हुन्छ । 

एउटा भिडियो रिपोर्टअनुसार सन् २०२३ मा मात्रै चीनका विभिन्न प्रान्तमा बीवाइडीका विभिन्न मोडलहरुमा एक्कासी आगलागी भएका दर्जन बढी घटना सार्वजनिक भएका छन् । गुडाउँदा गुडाउँदै सिटको पेटी छेउमै आगो उठेकोदेखि पार्किङ लटमा राखिरहेको बखत पनि एक्कासी आगलागी भएका घटना सार्वजनिक भइसकेका छन् । २०२३ को फेब्रुअरी १६, १७ र २५, मार्चको ४, १५ र २८, अप्रिलको १६, २० र २५, मे, जून, जुलाई, अगस्टसम्म पनि यस्ता घटनाहरु दोहोरिरहेका छन् । 

यस्ता घटनाहरु बढ्न थालेपछि बीवाइडी प्रयोगकर्ता चिनियाँहरु त्रासको जिन्दगी बाँच्न बाध्य भएका मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । 

धेरै आगो लाग्ने गाडी बीवाइडीको
चिनियाँ सञ्चारमाध्यमले विगत दुई वर्षमा मात्रै ८६ वटा विद्युतीय सवारी साधनमा आगलागी भएको रिपोर्ट सार्वजनिक गरेका छन् । 

औसतमा प्रतिहप्ता एउटा दुर्घटना भएको छ। तर, यो वर्षको पहिलो त्रैमासमा ६४० विद्युतीय सवारी साधनमा आगलागी भएकोमा वार्षिक रूपमा ३२ प्रतिशतले वृद्धि भएको छ, जुन औसतमा दैनिक ७ वटा विद्युतीय कारमा आगो लाग्ने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ । 

यस वर्ष अप्रिल ३ मा चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयअन्तरगतको आगो र उद्धार विभागद्वारा ८६ वटा विद्युतीय गाडीमा आगलागी भएको घटना रिपोर्ट गरिएकोमा सबैभन्दा बढी बीवाइडीको रहेको छ । 

यो सूची हेर्नुहोस्:

यो सूचीले भन्छ–‘चिनियाँ इभी गाडीमध्ये सबैभन्दा बढी आगलागी हुने गाडी बीवाइडी हो । आगलागीको मूख्य कारण त्यहाँ प्रयोग हुने ब्याट्री समेत हो ।’

यसको अर्थ हो, नेपालको साइमेक्स इङ्कले बीवाइडीको व्यापार बढाउनैका लागि झूठको खेती गरेको थियो । चीनमा सबैभन्दा धेरै आगलागी भएको घटनालाई लुकाउन गाडी डेलिभरि दिने बेलामा बितरकले भ्रमको खेती गरेको थियो । 

किन लाग्छ इभीमा आगो ?
जब विद्युतीय सवारी साधनको ब्याट्रीमा डिसी फास्ट चार्जिङ अल्ट्रा लो टेम्पेरेचरमा प्रयोग गरिन्छ, तब यदि इलेक्ट्रोनिक कन्ट्रोल सिस्टमले ब्याट्रीलाई पहिला नै तताउन असफल भयो भने त्यसबेला आगो लाग्नसक्छ । 

आगलागीको अर्को कारण भनेको लिथियम कार्बोनेटको वर्षा र टर्नरी लिथियम र लिथियम हाइरन फस्फेट ब्याट्रीमा लिथियम डेन्ड्राइडको फर्मेसन पनि हो । लागत कम गरेर कार उत्पादन गर्ने उत्पादकहरुको ध्याउन्नका कारण प्रयोग हुने गुणस्तरहीन अन्य सामाग्री तथा प्रणालीका कारण समेत यस्ता घटना हुने गर्छन् । 

चीनमै भएको एक अध्ययनअनुसार आगलागी घटनामध्ये करिब ६६ प्रतिशत गर्मीयाममा र ३४ प्रतिशत जाडो याममा हुने गरेका छन् । 
विन्टर सिजनमा चार्जिङका क्रममा आगलागीको सम्भावना ज्याँदा रहेको समेत अध्ययनको क्रममा पत्ता लागेको कारन्यूज चाइना डटकमको एउटा खबरमा उल्लेख गरिएको छ । 

यस्तै, गर्मी याममा चाहि ओभरहिटिङको समस्याले बीवाइडी जस्ता गाडीमा आगलागीको जोखिम धेरै हुन्छ । 

यसैगरी, जब कारको चेसिस केही वस्तुमा ठोक्किन्छ, ब्याट्रीका सेल्सहरु चुहिन्छन् । त्यसपछि सर्ट सर्किटका कारण समेत आगो लाग्छ । 

चाइना प्यासेञ्जर कार एसोसिएसनका महासचिव डोङ्ग्सु कुइका अनुसार बिस्तारै, ब्याट्रीको आन्तरिक तापक्रम थर्मल रनवेमा बढ्दै जान्छ, जसले आगो निम्त्याउँछ।

यसअघिको समाचार :

ग्राउण्ड क्लियरेन्समा ग्राहकमाथि बीवाइडीको धोकाधडी, नेपालीलाई झुक्यायो

 

यो भिडियो रिपोर्ट हेर्नुहोस्: