काठमाण्डौ । पूँजी वृद्धिको चटारोमा रहेको एनआइसी एशिया बैंकले आगामी चैत १६ गतेदेखि १५ प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो बैंकलाई धितोपत्र बोर्डले फागुन फागुन २४ गते १०० बराबर १५ को दरले हकप्रद निश्कासनको अनुमति दिएको हो । 

अनुमति पाएपछि बैंकले चैत १६ गतेदेखि हकप्रद निश्कासनको मिति तोकेको हो । निश्कासनको ३५ दिनभित्र अर्थात आगामी बैशाख १९ गतेसम्म हकप्रद भर्न पाइनेछ । कम्पनीले चैत ८ लाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ, चैत ७ गतेसम्म एनआइसी एशियाको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

एनआइसी एशियाको हकप्रद निश्कासन तथा व्यवस्थापनमा सिभिल क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक रहेको छ । बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद निश्कासन गर्नेछ । 

इच्छुुक सेयरधनीले सिभिल क्यापिटलको काठमाण्डौस्थित कार्यालय र एनआइसी एशिया बैंकका देशभरका शाखा कार्यालयमा गएर हकप्रदका लागि आवेदन भर्न सक्नेछन् । 

यो बैंकको हाल चुक्तापूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत हकप्रद निश्कानसपछि चुक्तापूँजी ६ अर्ब ६९ करोडको उचाईमा पुुग्नेछ । 

बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ७२ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ ।