काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्थाले थप ५ जिल्ला कार्यक्षेत्र विस्तारका लागि नेपाल राष्ट्रबैंकबाट अनुमति पाएको छ । 

पाँच जिल्ला थप गर्न नेपाल राष्ट्रबैंकले चौतारी लघुवित्त वित्तीय संस्थालाई जेठ ९ गते अनुमति प्रदान गरेको हो । 

राष्ट्रबैंकबाट अनुमति पाएसँगै ११ जिल्ला कार्यक्षेत्र रहेको चौतारीको ५ जिल्ला थप भई १६ जिल्लामा बिस्तार भएको छ ।

चौतारी लघुवित्त हाल ११ जिल्ला ३९ वटा शाखा कार्यालय आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ अनुमति पाएको ५ जिल्लाहरुमा पूर्वी रुकुम, जाजरकोट, पश्चिम रुकुम, सुर्खेत र स्याङ्गजा रहेको नायव कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए । 

चौतारी लघुवित्त वित्तीय संस्थाले २०७५ बैशाखसम्ममा २४ हजार अठहत्तर ग्राहक सदस्यबाट १९ करोड बचत संकलन गरी ६७ करोड लगानी गरेको छ।