काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको एभरेस्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा उछाल आएको छ।
वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीको नाफा ३८१.५२ प्रतिशतले बढेको छ। यही बढोत्तरीकै कारण कम्पनीले राम्रो लाभांश घोषणा गर्ने आशाले लगानीकर्ताले खरिददारी बढाएका छन्। जसका कारण यो कम्पनीको सेयरमा खरिदचाप बढेको छ।
यो समाचार तयार पर्दासम्म कम्पनीको सेयरमूल्यमा झन्डै ७ प्रतिशतको उछाल आएको छ। यो बढोत्तरीसँगै प्रतिकित्ता सेयरमूल्य २८ रुपैयाँ बढ्दै ४३६ रुपैयाँ पुगेको छ।
आज कम्पनीको सेयर खरिदचाप पनि बढेको छ। अहिलेसम्म मार्केट डेप्थमा २१ हजार ४७३ कित्ता सेयर खरिद पोस्ट भएको छ। बिक्रीतर्फ पनि २१ बढी १९ कित्ता पोस्ट भएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19