काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ अर्ब ३ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा २१.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

संस्थाले यो अवधिसम्म वितरणयोग्य मुनाफा ७६ करोड ४३ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १२.५९ प्रतिशतले घटेर १ अर्ब ६० करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ८३ करोड रुपैयाँ थियो।

गत वर्ष संस्थाले २ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब २२ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी ११.६९ प्रतिशतले बढेको छ। 

समीक्षा वर्षसम्म संस्थाले २७ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले २२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाको रिजर्भको आकार ५.८९ प्रतिशतले बढेर २ अर्ब ९ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ९७ करोड रुपैयाँ थियो। 

संस्थाको एनपीएल बढेर ०.८३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.६३ प्रतिशत थियो। 

चुक्तापुँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३८.१३ प्रतिशत घटेर ४४.४२ रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष ईपीएस ७१.८० रुपैयाँ रहेको छ। पीई रेसियो २४.७७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २५४.२० रुपैयाँ रहेको छ।