काठमाण्डौ । बम्पर लाभांश पारित गर्दै छिमेक लुघवित्त वित्तीय संस्था लिमिटेडको १८ औँ वार्षिक साधारणसभा आज सोमबार सम्पन्न भएको छ ।
मकवानपुरको हेटौँडास्थित होटल सामना प्रालिमा छिमेक लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल ४४.३४ प्रतिशत लाभांश पारित भएको छ । पारित लाभांशमा चुक्तापुँजी १ अर्ब १८ करोड रुपैयाँको २७.११ प्रतिशतका दरले हुन आउने ३२ करोड रुपैयाँबराबरको बोनस सेयर र १७.२१ प्रतिशतका दरले हुन आउने २० करोड ३१ लाख ५७ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ।
यसैगरी सभामा विशेष प्रस्तावका रुपमा राखिएको अन्य इजाजतपत्र प्राप्त ‘घ’ वगृका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बनधी आवश्यक सम्पूर्ण कार्य अगाढि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने अजेन्डा पारित भएको छ । योसँगै संस्थाले मर्जर प्रक्रियाको थालनी पनि गरेको छ।
संस्थाका अध्यक्ष विश्वमित्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा वार्षिक, आर्थिकगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफलपछि पारित भएका छन् ।
संस्थाले हालसम्ममा ६६ जिल्लामा १३६ वटा शाखामार्फत कुल ३ लाख ६९ हजार ६ सय ९४ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रममार्फत सेवा दिइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19