काठमाण्डौ । बैंक तथा बित्तीय क्षेत्रहरु अनियन्त्रित भई निक्षेप संकलन तथा कर्जा परिचालनमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि राष्ट्रबैंकले सचेत गराएको छ ।
कर्जा प्रवाह र निक्षेप परिचालनबीचको असन्तुलन बढ्दै गएपछि यसमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनुपर्ने भन्दै केन्द्रीय बैंकले सचेत गराएको हो ।
वित्तीय क्षेत्रतर्फ, वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिकमा कर्जाप्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । स्थानीय, प्रदेश एवम् संघीय तहको निर्वाचन सम्पन्न भइसकेकोले खासगरी स्थानीय तहको सरकारी खर्च वृद्धि हुने र यसबाट हाल बित्तीय क्षेत्रमा देखिएको असहज अवस्था केही सहज हुने राष्ट्रबैंकको दाबी छ ।
‘कर्जा प्रवाह र निक्षेप परिचालन बीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक छ ।’ चालुु आर्थिक वर्षको पहिलो चार महिनाको समीक्षामा केन्द्रीय बैंकले भनेको छ–‘स्थानीय, प्रदेश एवम् संघीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेकोले सरकारी खर्च खासगरी स्थानीय तहको सरकारी खर्च वृद्धि हुने अपेक्षा रहेको छ । यसबाट वित्तीय क्षेत्रमा हाल देखिएको घर्षणमा केही सहजीकरण हुने देखिन्छ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago