काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफा तथा मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख ५४ हजार ५७९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने २ करोड २१ लाख ८५ हजार ९०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने ११ लाख ६७ हजार ६७९ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।