काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवल–९ कालिकापथस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७८९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश छन्। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो चैत १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।