 
                     
                                Janata Bank Nepal
 
                                    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले जनता बैंक लिमीटेडलाई ५० प्रतिशत हकप्रद जारी गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।
जनता बैंकको हकप्रदको निश्कासन तथा व्यवस्थापनका लागि एनसिएम मर्चेन्ट बैकिंग लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ ।
माछापुच्छे बैंकसँग जारी मर्जर प्रक्रिया स्वाप रेसियोमा कुरा नमिलेर भाँडिएपछि आफैं पूँजी वृद्धिको योजना अनुसार जनता बैंकको २०७३ जेठ ३० गते बसेको छैठौं वार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रदको घोषणा गरेको थियो । यो हिसाबले जनता बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ३ लाख कित्ता हकप्रद निश्कासन गर्न लागेको हो ।
जनता बैंक नेपाल लिमीटेडले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमाससम्म ३२ करोड ५३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्तापूँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्तापूँजी ३ अर्ब ९ करोड पुग्नेछ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19