काठमाण्डौ । जनता बैक नेपाल लिमीटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन बिमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्ने क्रममा शुक्रबार जनता बैंक नेपाल लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटोछरितो तथा सहज रुपमा बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबीभुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।