काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले आफ्नो “जनता रेमीट”को सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिट प्रा.लि.लाई नियुक्त गरेको छ । 

उक्त सुपर एजेन्ट सम्बन्धी सम्झौतामा जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरे ।

हस्ताक्षर समारोहमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वीनारायण श्रेष्ठको पनि उपस्थिति थियो ।

सम्झौता बमोजिम “जनता रेमिट”मार्फत पठाएको रकम जीएमई रेमिट प्रा. लि.ले आफ्ना एजेन्ट र शाखाहरुमार्फत भुक्तानी गर्नेछ भने जीएमई रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंक नेपाल लिमीटेडले आफ्ना शाखाहरुमार्फत भुक्तानी गर्नेछ । 

रेमिट्यान्स भुक्तानीका लागि जिएमई रेमिटको देशभर ६ हजारभन्दा बढी सबएजेन्टहरु छन् भने जनता बैंक नेपाल लिमीटेडले देशभरका १०८ शाखा तथा ३३ शाखारहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ । 

हाल जीएमई रेमिट्यान्सले खाडी मुलुकहरू, हङ्गकङ्ग, मलेशिया, दक्षिण कोरिया, जापान लगायतका देशहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ । 

आन्तरिक सञ्जाललाई तीव्र  रूपले विस्तार गर्दै आएको जनता बैंक तथा जीएमई रेमिट दुवैले विदेशमा पनि आफ्नो सञ्जाललाई तीव्र रुपले विस्तार गर्दै जाने रणनीति लिएको छ ।