काठमाण्डौ । जनता बैंक लिमीटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । 

आफ्ना ग्राहकहरुलाई  एकद्वार सेवा प्रणालीमार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्योरेन्स कम्पनीहरुसँग सम्झौता गर्ने क्रममा सिटिजनसँग पनि सम्झौता भएको बैंकले जनाएको छ । 

जनता बैंक नेपाल लिमिटेडका प्रमुखकार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । 

यो सम्झौतापछि ग्राहकहरुले जनता बैंकको देशभरका सबै १२८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बिमा गर्न सक्नेछन् ।

साथै शाखाहरुबाटै बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावीभुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।