काठमाण्डौ । विभिन्न बित्तीय संस्थाहरुलाई गाभेर मजबुत बन्न लागेको जनता बैंक लिमीटेडले १ अर्ब रुपैया भन्दा बढीको बोनस सेयर वितरण गर्ने भएको छ । 

नेपाल राष्ट्रबैंकले तोकेको समयसीमाभित्र चुक्तापुजी पुर्याउन अग्रसर यो बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभेर असार ३० गतेदेखि एकीकृत बित्तीय कारोबार गर्दैछ । सिद्धार्थलाई गाभेपछि बन्ने जनता बैंकको चुक्तापुजी ६ अर्ब ९९ करोडको उचाईमा पुग्नेछ । 

यसरी हेर्दा यो बैंकलाई केन्द्रीय बैंकले तोकेअनुसार चुक्तापुजी पुर्याउन अझै १ अर्ब १ करोड आवश्यक हुने देखिन्छ । अबको छोटो समयमा यो बैंकले ८ अर्ब पुजी पुरयाउन कुन बाटो रोज्ला ? जनता बैंकका एक संचालकले बिजशालासग भने–‘हामी हाम्रा सेयरधनीलाई १ अर्ब १ करोड बढीको सेयर लाभांश वितरण गर्छौ र चुक्तापुजी पुर्याउछौ ।’

जनता बैंकमा गाभिन पुगेका संस्थाहरुको चालु आर्थिक वर्षभरिको खुद नाफा जोड्दा यो बैंकलाई एक अर्ब बढीको बोनस सेयर वितरण गर्न कुनै गाह्रो नहुने समेत देखिन्छ । सिद्धार्थ डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २८ करोड ८३ लाख, जनता बैंकले सोही अवधिमा ३८ करोड १८ लाख खुद नाफा आर्जन गरेको थियो । त्रिवेणी विकास बैंक पनि जनतामै समाहित भएकोले यी सबै बैंकको कुल खूद नाफा १ अर्ब माथि हुने देखिन्छ ।