काठमाण्डौ ।  जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरी दूई नयाँ शाखाबाट कारोवार शुभारम्भ गरेको छ । 

बिराटनगर महानगरपालिका वडा नं. २, तिनपैनीमा तिनपैनी शाखा र परिवर्तन गाउँपालिका वडा नं. ५, दुईखुलीमा दुईखुली शाखा स्थापना गरी संचालनमा ल्याएको हो।

यी २ नयाँ शाखा समेत गरी जनता बैंकको देशभरिमा १२१ सञ्जाल पुगेको छ भने,  बैंकले ४० शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ । बैंकको हाल रु. ५९ अर्ब ४२ करोड निक्षेप र रु. ५४ अर्ब ८ करोड कर्जा रहेको छ ।