काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले आकर्षक ब्याजदर, बिमा लगायतका सुविधासहित 'मेरो तलब खाता' संचालनमा ल्याएको छ । 

श्रम ऐनले सबै क्षेत्रका कर्मचारीको  पारिश्रमिक बैक खातामार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यही व्यवस्थालाई मध्यनजर गर्दै श्रमिक/कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यसहित जनता बैंक नेपाल लिमिटेडले यो खाता संचालनमा ल्याएको हो । 

'मेरो तलब खाता' शून्य मौज्दातमा खाता खोल्न सकिने, वार्षिक ब्याजदर ७ प्रतिशत, दैनिक मौज्दातमा त्रैमासिक ब्याज भूक्तानी,  निःशुल्क भिजा डेबिट कार्ड(२ वर्षका लागि), निःशुल्क दुर्घटना (मृत्यु)बीमा सुविधा( ७ लाख सम्म ), निःशुल्क एबीबीएस सुविधा (रु.२ लाखसम्म ), निःशुल्क चेकबुक, मागका आधारमा स्टेटमेन्ट तथा आस्वा सेवा लगायतका सुविधा रहेका छन् । 

संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा 'मेरो तलब खाता' खोली यो योजनामा सहभागी हुनसक्ने छन् ।

साथै, श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी/श्रमिकको संचयकोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गरी सम्पूर्ण सुविधा जनता बैंकको एकै छातामुनि प्राप्त गर्न सकिनेछ ।

बैंकले हाल देशभर १२२ शाखा सञ्जाल, ४० शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।