काठमाण्डौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमीटेड र जनता बैंक नेपालबीच भदौ १५ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ । 

सम्झौताअनुसार जनता बैंकले आफ्ना कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्यूनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउनेछ ।

सम्झौतापत्रमा जनता बैंक नेपाल लिमीटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाबीच हस्ताक्षर भएको छ ।