काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फुलचोकी आधारभूत विद्यालय, पनौती, काभ्रेलाई दुई थान कम्प्युटर हस्तान्तरण गरिएको हो । 

बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेमार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

जनता बैंकले सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य परीक्षण र पाठेघर सम्बन्धी निःशुल्क अपरेशन तथा सामुदायिक विद्यालयको स्तर उन्नतिलाई मध्यनजर गरी विद्यार्थीहरुलाई छात्रवृत्ति र शिक्षण सामाग्री उपलब्ध गराई सहयोग गरिएको छ । 

यस बर्ष देशैभरबाट सामुदायिक विद्यालयका २०० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र रोल्पा, हुम्लाजस्ता विकट जिल्लामा स्त्री रोग सम्बन्धी तथा आँखाको मोतिविन्दुको निःशुल्क अपरेशनका लागि स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम रहेको छ । 

कम्प्युटर हस्तान्तरण कार्यक्रममा मेयर न्यौपानेले पनौती नगरपालिकाको विकट वडाहरुमा महिला स्वास्थ्यको अवस्था नाजुक रहेकोले ती वडाहरुमा जनता बैंक र नगरपालिकाको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमको परियोजना संचालनको लागि अनुरोध गरे ।

बैंकले हाल देशभरबाट १२२ शाखा, ४० शाखारहित बैंकिङ, २ सीमित बैंकिङ्ग एकाई र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।