काठमाण्डौ । जनता बैंकले सोमबारदेखि देशको सबै ७  वटै प्रदेशमा एकैसाथ प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । 

प्रदेश १ का लागि विराटनगरको ट्रफिकचोक, प्रदेश २ का लागि जनकपुरको भानुचोक, प्रदेश ३ का लागि हेटौंडाको स्कूल रोड, गण्डकी प्रदेशका लागि पोखराको न्यूरोड, प्रदेश ५ का लागि बुटवलको हस्पिटल लाइन, कर्णाली प्रदेशका लागि सुर्खेतको वीरेन्द्र चौक र सुदुरपश्चिम प्रदेशकाका लागि धनगढीको चटकपुरमा प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याइएको हो ।

प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयहरुको अनुगमन गर्ने बताइएको छ । 

प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवा प्रवाह अझ स्तरीय तथा सरल हुने विश्वास बैंकले व्यक्त गरेको छ । 

स्थापना भएका प्रादेशिक कार्यालयहरुलाई क्रमिक रुपमा सशक्त बनाउन साधनस्रोत थप गर्दै लगिने बताइएको छ । 

बैकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सातवटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी हाल १२९ शाखा, ५० शाखारहित बैंकिङ केन्द्र, ७९ एटीएम, २ सीमित बैंकिङ इकाई र २ एक्स्टेन्सन काउण्टर सञ्चालनमा छन् ।