काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनता बैंक नेपाल लिमिटेडको सहयोगमा माघ २० गते कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखाशिविर सम्पन्न भएको छ । 

धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो । शिविरमा १२२४ जनाले विशेषज्ञ चिकित्सकबाट आँखा जचाएका थिए । जसमध्ये ३०० जना बिरामीलाई अपरेशनको लागि धनगढी नेत्रालयमा रिफर गरिएको छ, त्यहाँ उनीहरुले निःशुल्क अपरेशन सेवा प्राप्त गर्नेछन् । 

त्यसैगरी उक्त शिविरमा करिब १०० बिरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने आवश्यकताअनुसारको औषधि निःशुल्क वितरण गरिएको थियो । उल्लेख्य संख्यामा जनसहभागिता रहेको आँखाशिविरमा जनता बैंकका कर्मचारी र स्थानीय प्रहरीहरु समेत गरी करिब ५० जनाले स्वयम् सेवकको भूमिकामा शिविर व्यवस्थापनमा सहयोग गरेका थिए ।