काठमाण्डौ । जनता बैक नेपाल लिमीटेड र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेडबीच आइतबार बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । 

सम्झौताअनुसार ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटोछरितो तथा सहज रुपमा उक्त कम्पनीको बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबीभुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । यसबाट ग्राहकहरुले एकै स्थानबाट बैंकिङ सेवाका अतिरिक्त बीमा सम्बन्धी सुविधा पनि प्राप्तगर्न सक्ने बैंकले अपेक्षा गरेको छ । 

बैंकका निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवाप्रणालीमार्फत झञ्झटरहित जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमको निरन्तरतासँगै यो सम्झौता भएको हो । सम्झौतापत्रमा जनता बैंक नेपाल लिमिटेडका नायब प्रमुखकार्यकारी अधिकृत पृथ्वी श्रेष्ठ र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेडका नायबमहाप्रबन्धक मुरारी रेग्मीले हस्ताक्षर गरेका छन् ।