काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ ।  

संस्थागत सामाजिकउत्तरदायित्वमाजनताको ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको जनता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्यशिविर सम्पन्न गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैशाख २८, २९ र ३० गते शिविर आयोजना गरेको हो ।

शिविरमा आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाक/कान/घाँटी र सामान्य चिकित्सा सम्बन्धी स्वास्थ्य शिविर राखिएकोमा कूल १२९५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । सोमध्ये ३० जना बिरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९  महिलाहरुलाई पाठेघर सम्बन्धी अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको र अपरेसनमा बैंकले नै आर्थिक सहयोग गर्ने छ ।

साथै, ५०० जना भन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चश्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि समेत वितरण गरिएको बैंकले जनाएको छ। 

स्वास्थ्य शिविरमा नेपाल नेत्र ज्योति संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि. जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए ।