काठमाण्डौ । अटो कम्पनी जनरल मोटर्सको नम्बर १ को ताजा खोसिएको छ।
विगत ९० वर्षदेखि अमेरिकी बजारमा नम्बर १ अटो कम्पनीका रुपमा रहेको जनरल मोटर्सको ताजा जापानी अटो निर्माता कम्पनी टोयोटाले खोसेको हो। अब अमेरिकी बजारमा टोयोटा अग्रस्थानमा रहेको छ भने जनरल मोटर्स दोस्रो स्थानमा झरेको छ।
सन् २००५ सम्म टोयोटा अमेरिकी बजारमा चौथो नम्बरमा थियो। तर सन् २०२१ को सुरुआतसँगै स्थिति बद्लियो।
सन् २०२१ मा टोयोटाले अमेरिकी बजारमा सर्वाधिक २३ लाखभन्दा बढी गाडी बेच्यो। जुन जनरल मोटर्सको तुलनामा ५ प्रतिशतले बढी हो। अर्थात टोयोटाले जनरल मोटर्सकोभन्दा १ लाख १४ हजार बढी गाडी बेच्न सफल भयो।
टोयोटाको क्यामरी पछिल्लो २० वर्षदेखि अमेरिकी बजारमा सबैभन्दा बढी बिक्ने कार बनेको छ। जब कि बेस्ट सेलिङ एसयूभीका रुपमा पछिल्लो ५ वर्षदेखि टोयोटाकै RAV4 रहेको छ।
अहिले अमेरिकी बजारमा जनरल मोटर्स, फोर्ड र क्रिसलरको हिस्सेदारी घटेर ३८ प्रतिशतमा झरेको छ। यदि यसमा टेस्ला पनि समावेश गर्ने हो भने ४० प्रतिशत हुन आउँछ।
टोयोटाले अहिले अमेरिकी बजारमा वार्षिक बिक्रीदर १०.४ प्रतिशत बढाउन सफल भएको छ। जनरल मोटर्स अहिले ट्रकहरुमा अधिक निर्भ रहेको छ। तर यो कम्पनी सिल्भर्याडो पिकअप ट्रकको वार्षिक बिक्रीदर १०.८ प्रतिशत गिरावट आइरहेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19