काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनदिने अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स सम्पन्न गरेको छ।
कम्पनीको मार्केटिङ कन्फ्रेन्स यही फागुन १९, २० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा भएको हो। सम्मेलनमा देशैभरका बजार विभागका कर्मचारी, उच्च व्यवस्थापक तथा सञ्चालक सदस्यको उपस्थिति थियो।
कार्यक्रममा शाखा कार्यलयहरुको विगत वर्षहरुको समीक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी वर्षका रणनीतिक योजनाहरुमाथि छलफल भएको थियो। कार्यक्रममा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मानसहित ताम्रपत्र प्रदान गरिएको थियो।
सञ्चालक ज्ञानेश्वर आचार्यले कार्यक्रम राम्रो भएको, शाखा कार्यलयहरुको समीक्षा सकेसम्म त्रैमासिक अवधिमा कार्य समिक्षा समय सापेक्ष हुने र योजना पनि यथार्थपरक हुने विषयमा जोड दिए। बजारमा गरिएका अनावश्यक हल्लाहरुको पछि नलाग्न र दत्तचित्त भई कम्पनीको योजना र उद्देश्यमा अघि बढ्नका लागि उनले हौसला प्रदान गरे।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले पुरस्कृत शाखा तथा कर्मचारीलाई बधाइ दिँदै सम्पूर्ण शाखाका कर्मचारीलाई उच्च मनोबल राखी, हल्लाको पछि नलागी, अनुसाशित रुपले उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए। उनले कम्पनीको लक्ष्यमा पुग्नका लागि अहोरात्र खट्न पनि अनुरोध गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19