काठमाण्डौ। नेपाल राष्ट्र बैंकले नेपाललाई जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने बताएको छ।

बुधबार  ‘नेपाल ग्रीन फाइनान्सियल ट्याक्सोनोमी’ मस्यौदा सार्वजनिक गर्दै केन्द्रीय बैंकले जलवायु परिवर्तनको लक्ष्य भेट्टाउन कम्तिमा सो रकम चाहिने उल्लेख गरेको छ।

राष्ट्र बैंकका अनुसार विश्वव्यापीरुपमा बढिरहेको जलवायु परिवर्तन रोक्न र यसबाट जोगिन स्रोतको व्यापक खाँचो रहेको पनि उल्लेख गरेको छ ।

नेपालले सन् २०२३ सम्म दिगो विकासको लक्ष्य भेट्टाउने योजना बनाएको छ तर यसका लागि चाहिने स्रोत विशाल रहेको समेत केन्द्रीय बैंकको भनाइ छ ।
 

केन्द्रीय बैंकका अनुसार सन् २०३० सम्म दिगो विकासको लक्ष्य भेट्ने नेपालको योजना सार्वजनिक क्षेत्रको मात्रै लगानीमा सम्भव छैन ।

यसका लागि त नेपालको निजी क्षेत्रले समेत लगानी बढाउनु पर्दछ। यसका लागि निजी क्षेत्रले ‘हरित अर्थतन्त्र’ निर्माणमा आफ्नो दक्षता र क्षमतासहितको लगानी बढाउनु आवश्यक छ ।

निजी क्षेत्रमध्ये पनि बैंक तथा वित्तीय क्षेत्रले  ‘जिरो कार्बन इमिसन’ को लक्ष्य हासिल गर्न लगानी अपरिहार्य रुपमा गर्नुपर्ने मस्यौदामा उल्लेख छ । 

नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’ को मस्यौदामा यी विषय उल्लेख गरेको हो ।

राष्ट्र बैंकले यो मस्यौदामा सुझाव र राय माग गर्दै दुई महिनाभित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई भनेको छ ।

यो सूचना हेर्नुहोस् :