काठमाण्डौ । विश्वमा अहिले तीव्र गतिमा गुड्ने रेल निर्माणको प्रतिस्पर्धा नै चलेको छ ।
खासगरी १९८० देखि विश्वमा तीव्र गतिको रेल निर्माणमा प्रतिस्पर्धा नै देखिएको छ । तीव्र गतिको रेल निर्माण मात्रै नभएर सबैभन्दा लामो रेल तथा धेरै नेटवर्क भएको रेल सेवा निर्माणमा पनि प्रतिस्पर्धा देखिन्छ ।
यसरी तीव्र गतिको तथा धेरै सञ्जाल भएको रेल निर्माणमा चीन संसारमै अगाडि रहेको छ । चीनको रेलसेवा संघाईदेखि मागलेभसम्म प्रतिघण्टा ४६० किलोमिटरको रफ्तारमा गुड्छ । योसँगै चीनले प्रतिघण्टा ६०० किलोमिटरको क्षमतामा गुड्ने महत्वकांक्षी रेल योजना पनि ल्याएको छ ।
दोस्रो नम्बरमा पनि चीनकै फुक्सिङ रेल परियोजना पर्छ र यो पनि ४२० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्छ ।
युरोपियन देशहरु तेस्रा र चौथो नम्बरमा पर्छन । जसअनुसार जर्मनीको रेल सेवा ३३० किलोमिटर प्रतिघण्टाको गतिमा दौडछ। यो रेल जर्मनीमा फ्र्याङफर्टदेखि अन्य शहरहरुमा छुट्ने गर्छ ।
सूचीको चौथोमा फ्रान्सको रेल सेवा पर्छ । यो रेल प्रतिघण्टा ३२० किलोमिटरको रफ्तारमा गुड्ने गर्छ । पाँचौमा एसियाली मुलुक जापान पर्छ । जापानको रेल पनि ३२० किलोमिटर प्रतिघण्टा गतिमा कुद्छ ।
छैठौंमा मोरक्कोको रेल सेवा पर्छ, जसको गति प्रतिघण्टा ३२० किलोमिटर रहेको छ ।
सातौंमा रहेको स्पेनको रेल सेवाको गति प्रतिघण्टा ३१० किलोमिटर रहेको छ भने आठौमा रहेको दक्षिण कोरियाको रेल प्रतिघण्टा ३०५ किलोमिटरको रफ्तारमा कुद्छ ।
नवौ र दशौमा क्रमशः इटली र साउदी अरब पर्छन्, यी दुवै देशको रेलसेवाको अधिकतम गति प्रतिघण्टा ३०० किलोमिटर रहेको छ ।
–एजेन्सीबाट
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19