काठमाण्डौ । नेपालमा रोजगारीको समस्या निकै भयावह बन्दै गएको छ । लाखौँ युवा बेरोजगार छन् । स्वदेशमै उच्चतम रोजगारको अवस्था नहुँदा कतिपय युवा रोजगारको खोजीमा विदेशसमेत पलायन भइरहेका छन्। 

उच्च शिक्षा पूरा गरिसक्दा पनि नेपालमा राम्रो जागिर पाउन निकै समस्या छ । कतिपयले त पढाइअनुसार जागिरै पाउँदैनन् । लाखौँ युवा बेरोजगार रहेको अवस्थामा सरकारले युवा स्वरोजगार कार्यक्रम र वर्षमा १०० दिनसम्म रोजगार कार्यक्रम ल्याए पनि त्यसले बेरोजगार युवालाई उचित सम्बोधन गर्नेमा आशंका उब्जिरहेको छ । 

त्यसो दिनहुँजसो सरकारी तथा निजी संघसंस्थाले जागिर खुलाइरहेका छन्। लाखौँ युवाले जागिरका लागि आवेदन दिइरहेका हुन्छन् । जागिर पाउने वा नपाउने कुरा अन्तर्वार्तामा निर्भर हुन्छ। किताबी ज्ञानले मात्र अन्तर्वार्तामा सफल हुन सकिँदैन । अन्तर्वार्ता दिँदै आफू कसरी प्रस्तुत हुने भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । अन्तर्वार्तामा सफल हुन तल उल्लेखित १५ टिप्सलाई ध्यान दिनुहोस् :

१. राम्रो सीभी वा बायोडाटा तयार पार्नुहोस् : जब तपाइँ जागिरको अन्तर्वार्ताका लागि कुनै कार्यालय वा कम्पनीमा जानुहुन्छ तब सीभी वा बायोडाटा रोजगारदाताले तपाइँकै अगाडि राखे प्रश्न सोध्न तम्तयार भएर बसेका हुन्छन्, जुन तपाइँले पहिल्यै कुनै माध्यमबाट त्यहाँ पठाउनुभएको हुन्छ । त्यसैले तपाइँले आफ्नो सीभी वा बायोडाटा कम्तीमा पनि तीन÷चार पानाको बनाउनुहोस्, जसमा तपाइँका बारेमा सबै कुरा समेटिएको होस् । सीभी तपाइँ आफैँले तयार पार्नुहोस् किनकि त्यसमा लेखिएका कुराहरु तपाइँलाई पूर्ण रुपमा ज्ञान हुनुपर्छ । कहिलेकाहीँ अन्तर्वार्ता लिन बसेकाहरुले तपाइँकै सीभी हरेर तपाइँलाई प्रश्न सोध्न सक्छन् । 

२. आफ्नो सोसियल साइट अपडेट गर्नुहोस् : कुनै पनि कार्यालय वा कम्पनीमा जागिरका लागि आवेदन दिँदा पठाउनुपर्ने तपाइँको सीभीमा उल्लेख गरिएका तपाइँको सोसियल साइट र ई–मेल अकाउन्ट अपडेट गर्नुहोस् । यो एकदम महत्वपूर्ण हुन्छ । किनकि रोजगारदाताले तपाइँ आफ्नै सोसियल साइटमा कत्तिको अपडेट हुनुहुन्छ भनेर निगरानी राख्न सक्छन् ।

३. कम्पनीका बारेमा जानकारी लिनुहोस् : तपाइँले जागिरका लागि आवेदन दिनुभएको कम्पनी वा कार्यालयका बारेमा राम्ररी जानकारी बटुल्नुहोस् । कम्पनीका बारेमा उसको आधिकारिक वेबसाइट वा गुगलबाट जानकारी लिन सकिन्छ । किनकि अन्तर्वार्ताका क्रममा रोजगारदाताले तपाइँले त्यस कम्पनी वा कार्यालयका बारेमा पनि प्रश्न सोध्न सक्छन् । 

४. अन्तर्वार्तामा जानुअघि अभ्यास गर्नुहोस् : कुनै पनि जागिरको अन्तर्वार्तामा जानुअघि आफूले केही अभ्यास गर्न जरुरी हुन्छ । ऐनामा हेरेर वा अन्य तरिकाले तपाइँ अन्तर्वार्ताको अभ्यास गर्न सक्नुहुन्छ । यदि राम्ररी अभ्यास गरेर जानुभयो भने तपाइँलाई अन्तर्वार्तामा बस्दा कुनै असहजता आउने छैन । 

५. अन्तर्वार्ताका लागि सही समयमा पुग्नुहोस् : जुन कम्पनी वा कार्यालयमा तपाइँ जागिरको अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ, त्यहाँ भनिएको समयमै पुग्नुहोस् । तोकिएको समयभन्दा अझै १०÷१५ मिनेट अगाडि नै पुग्नुभयो भने तपाइँ सोच्ने र आराम गर्ने समय हुन्छ, जसले तपाइँको अन्तर्वार्ता राम्रो हुन सक्छ । 

७. अन्तर्वार्तामा जानुअघि खानामा ध्यान दिनुहोस् : कतिपयले युवा जागिरको अन्तर्वार्ताका दिन निकै तनावमा हुन्छन् । यस्तो अवस्थामा उनीहरु खाना राम्ररी खाँदैनन् । उचित खाना नखाँदा तपाइँलाई मानसिक र शारीरिक समस्या आउन सक्छ । जसले गर्दा तपाइँ अन्तर्वार्ता भनेजस्तो राम्रो नहुन सक्छ । अन्तर्वार्ताअघि हेभी खाना पनि खान हुँदैन । 

८. रोजगारदाताको अगाडि फस्ट इम्प्रेसन राम्रो बनाउनुहोस् : तपाइँले सुन्नु नै भएको होला First Impression is the last impression । यो कुरा जागिरको अन्तर्वार्तामा पनि उत्तिकै महत्वपूर्ण छ । तपाइँ अन्तर्वार्ताका लागि कोठाभित्र पस्नुअघि नम्रपूर्वक ढोका खोल्नुहोस् र के म भित्र आउन सक्छु भने विनम्रपूर्वक आग्रह गर्नुहोस् । तपाइँको यस्तो हाउभाउले अन्तर्वार्ता लिन बसेकाहरु तपाइँप्रति आकर्षित बन्न सक्छन् । तपाइँको पहिलो इम्प्रेसनले तपाइँको जागिर हुने नहुनेमा ठूलो भूमिका खेल्छ । 

९. बारम्बार सोधिने प्रश्नको छिटो उत्तर दिने गर्नुहोस्  : कतिपय कार्यालय वा कम्पनीहरुले जागिरका लागि अन्तर्वार्ता दिन आउनेहरुलाई प्रायः एउटै खाले प्रश्न सोधिरहेका हुन्छन् । त्यसैले त्यस्ता सम्भावित प्रश्नहरुको सूची तयार पारेर अभ्यास गर्नुहोस् । यसले गर्दा यदि तपाइँ जागिरका लागि अन्तर्वार्तामा जानुहुन्छ भने उत्तर छिटोछिटो दिन सक्नुहुन्छ । जसले तपाइँको समय पनि बचत हुन्छ र अन्तर्वार्ता लिनेहरुसँग बढीभन्दा बढी कुराकानी गर्न सक्नुहुन्छ । 

१०. शारीरिक हाउभाउ : जागिरका लागि अन्तर्वार्ता दिने तपाइँको शारीरिक हाउभाउले पनि ठूलो भूमिका खेलेको हुन्छ । तपाइँको बस्ने तरिका, बोल्ने तरिका, हात मिलाउने तरिका सही हुनुपर्छ । अन्तर्वार्ता दिने क्रममा eye contact र अनुहारमा मन्द मुस्कान हुन जरुरी हुन्छ । यसले तपाइँप्रति अन्तर्वार्ता लिनेहरु आकर्षित हुनेछन् । 

११. भाषा/बोली : अन्तर्वार्ता दिने तपाइँको भाषा र बोली प्रभावशाली हुनुपर्दछ । तपाइँ अन्तर्वार्ता अंग्रेजीमा दिनुहोस् वा नेपालीमा भाषा र बोली एकदमै स्पष्ट हुन जरुरी छ । 

१२. सटिक जबाफ : अन्तर्वार्तामा सोधिने प्रश्नको जबाफ सटिक हुनुपर्छ । जस्तो खालको प्रश्न छ, त्यति नै त्यसको उत्तर दिनुपर्छ । त्यसलाई लम्बाउने वा छोट्याउने काम गर्नुहुन्न । यसले तपाइँको अन्तर्वार्ता दिने शैलीप्रति रोजगारदाताहरु आकर्षित हुन सक्छन् ।

१३. गलत र द्विविधायुक्त जबाफ नदिनुहोस् : अन्तर्वार्ता दिने क्रममा प्रश्नलाई निकै ध्यान दिएर सुन्नुहोस् र विचार गरेर उत्तर दिनुहोस् । यदि तपाइँले प्रश्नको गलत र द्विविधायुक्त उत्तर दिनुभयो भने यसले तपाइँप्रति अन्तर्वार्ता लिनेहरुको नकारात्मक असर पर्न सक्छ । यदि तपाइँलाई प्रश्नको उत्तर आउँदैन भने मलाई यसबारे थाहा छैन भन्नुहोस् । किनकि प्रश्नको उत्तरै नदिनभन्दा गलत उत्तरले तपाइँलाई निकै आघात पु¥याउन सक्छ । 

१४. डबल अर्थ लाग्ने प्रश्नको चतुर्याइँपूर्वक उत्तर दिनुहोस् : हिजोआज जागिरको अन्तर्वार्ता लिनेहरुले प्रतिस्पर्धीहरुलाई डबल अर्थ लाग्ने प्रश्न सोध्न थालेका छन् । यस्ता प्रश्न विशेषगरी तपाइँको बानीव्यहोरा पहिचान गर्न सोधिने गरिन्छ । यस्तो अवस्थामा तपाइँले निकै सोचविचार गरेर चतुर्याइँपूर्वक उत्तर दिनुपर्ने हुन्छ । तपाइँको सकारात्मक उत्तरले तपाइँको जागिरको सम्भावना बढाउन सक्छ तर गलत उत्तरले तपाइँप्रतिको आकर्षण घटाउन सक्छ । 

१५. रोजगारदातालाई पनि कम्तीमा एउटा प्रश्न सोध्नुहोस् : आफ्नो राम्रो अन्तर्वार्ताशैलीमा यदि तपाइँले अन्तिममा रोजगातरदातालाई पनि कम्तीमा एउटा प्रश्न सोध्नुभयो भने यसले तपाइँप्रति सकारात्मक आकर्षण ल्याउन सक्छ । जस्तै अन्तर्वार्ताका क्रममा तपाइँले उत्तर दिन नसकेको प्रश्नको विषयमा विज्ञासा, कम्पनीका बारेमा जिज्ञासा तपाइँले राख्नुभयो भने उनीहरुलाई तपाइँ जिज्ञासामुखी हुनुहुँदो रहेछ भन्ने लाग्न सक्छ । यसले तपाइँले भरपूर जानकारी राख्नमात्र होइन नजानेका कुरा सिक्न पनि चाहनुहुन्छ भन्ने संकेत गर्न सक्छ ।