काठमाण्डौ । एनआइसी एशिया बैंकले आफ्नो नयाँ शाखा जाजरकोटको नलगाड नगरपालिकामा स्थापना गरी विधिवत कारोबार थालेको छ । 

जाजरकोटको नलगाड नगरपालिका वडा नं ७, जाजरकोटस्थित डल्लीबजार शाखाको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले पुस २७ गते आयोजित एक समारोहका बीच उद्घाटन गरे ।

हाल यो बैंकको देशभर २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।