काठमाण्डौ । मंसिर महिना लागेसँगै जाडोको मौसम पनि सुरु भइसकेको छ ।
चिसोयाममा गाडी चलाउने चालकहरुले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यतिबेला चिसोले दुईपांग्रेदेखि चारपांग्रे सवारीसाधन स्टार्ट नभएर हैरान हुनुपर्ने स्थितिको सामना गर्नुपर्ने हुन्छ ।
यस्ता समस्याबाट उन्मुक्ति पाउन आफ्नो सवारीसाधनमा केही बदलाव गर्नुपर्ने हुन्छ । जुन हामीले तल बुँदागत रुपमा उल्लेख गरेका छौँ । जसले जाडोबाट गाडीमा उत्पन्न हुने समस्याबाट टाढा राख्न सहयोग पुर्याउँछ ।
१. जाडो सुरु भएसँगै आफ्नो गाडीको ब्याट्री जाँच गराउनुपर्दछ । किनकि जाडोमा सबैभन्दा बढी समस्या बाइक र स्कुुटीको ब्याट्रीमा आउने गर्दछ । यदि ब्याट्री तीन वर्ष वा त्योभन्दा बढी पुरानो भइसकेको छ भने ब्याट्री फेर्नु पर्दछ । यदि ब्याट्री धेरै पुुरानो भएको छैन भने पनि एकपटक आफैँ चेक गर्नुपर्दछ । ब्याट्रीको टर्मिनलमा सेतो वा पहेँलो रङको पाउडर लागेको छ कि छैन भनेर जाँच्नुपर्दछ । यदि त्यस्तो रङ छ भने त्यसलाई ब्रसले सफा गर्नुपर्दछ । यसरी ब्याट्रीको अवस्था राम्रो बनाउन सकिन्छ ।
२. कयौँपटक गाडीको मर्मतसम्भार सही तरिकाले नगर्दा पनि यस्ता समस्या आउन सक्छन् । त्यसैले जाडो मौसम सुरु हुनुअगावै नै आफ्नो गाडीको सर्भिसिङ गराउनु पर्दछ । बेलैमा सर्भिसिङ गराउँदा जाडो मौसममा गाडीमा देखिने समस्याबाट मुक्ति पाउन सक्छौँ ।
३. जाडो मौसममा बेलाबेलामा गाडीको टायर पनि जाँच गरिरहनुपर्दछ । किनकि जाडो मौसममा उत्पन्न हुने शीतका कारण गाडीको टायरमा बढी घर्षण उत्पन्न हुन्छ । यसले गर्दा टायर चिप्लने सम्भावना बढी हुुन्छ । त्यसैले टायरको अवस्था जानी राख्न पनि जरुरी हुन्छ ।
४. कारको भित्र वातावरण एड्जस्ट गर्ने सिस्टम पनि जाँच गराउनुपर्दछ । जाडोको मौसममा कारको क्याबिन बन्द राख्दा त्यसमा कार्बन डाइअक्साइड लिक हुन्छ । यसले गर्दा गाडीमा धेरै नै नोक्सान हुन सक्छ । त्यसैले जाडो मौसममा गाडीभित्रको वातावरण एड्जस्ट सिस्टममा पनि विशेष ध्यान दिनुपर्दछ ।
५. जाडोको मौसममा गाडीको फग्स लाइटमा पनि ध्यान दिनुपर्दछ । जाडो मौसममा लाग्ने तुवाँलो काट्न यो फग्स लाइटको प्रयोग हुन्छ । यदि गाडीमा यो लाइट छैन भने जडान गर्नुपर्दछ । किनकि जाडो मौसममा फग्स लाइट बिना गाडी चलाउँदा दुर्घटनाको जोखिम बढी हुन्छ । अझ हाइवेमा फग्स लाइट बिना गाडी असम्भव प्रायः नै हुन्छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago