काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा आज फागुन २२ गते आयोजना गर्दैछ।
सभा जनकपुरधामको जानकीचोकस्थित गायत्री कुञ्जको अतिथि सदनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.७८९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश छन्।
बोनस सेयर जारीपछि चुक्तापुँजी र जारी पुँजी सोहीअनुसार संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज गरिसकेको छ। यसको अर्थ माघ २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
यसअघि कम्पनीले गत फागुन ७ गते वार्षिक साधारणसभा डोकेको थियो। तर, आवश्यक गणपुरक संख्या अपुग भएकोले सभा स्थगित गरिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19