काठमाण्डौ । कोरोना महामारीका कारण विश्वमा कामकाजको शैलीमा निकै परिवर्तन आएको छ। वर्क फ्रम होमका साथ थुप्रै कम्पनीहरुले आफ्ना कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर लामो बिदाको सुविधा पनि दिएका छन्। 

उता जापान सरकारले भने कम्पनीहरुलाई कर्मचारीहरुलाई अब हप्तामा ४ दिनमात्रै काममा लगाउन सुझाव दिएको छ। यदि कम्पनीहरु सबै कर्मचारीलाई ४ दिनमात्रै काम गराउन तयार छैनन् भने कर्मचारीले स्वयंले आवश्यकताअनुसार ४ दिनमात्रै काम गर्ने चाह व्यक्त गर्न सक्नेछन्। 

जापान सरकारले कामको यो रणनीति कर्मचारीहरुलाई आफ्नो कामसँगै परिवारलाई समय दिन नसकून् भन्ने उद्देश्यले प्रेरित रहेको बताइउको छ। यद्यपि सरकारको यो सुझावका विषयमा जापानमा अहिले ठूलै बहस चलिरहेको छ।

जापान सरकारको यो सुझावका मुख्य २ उद्देश्य रहेको बताइएको छ। एउटा अतिरिक्त छुट्टी पाउनले कर्मचारीहरु घरबाहिर घुम्न वा रमाइलो गर्न जानेछन्। जसका कारण अर्थव्यवस्थामा सकारात्मक असर पर्नेछ। अर्को उद्देश्य भनेको जापानमा घट्दो जन्मदर बढाउने लक्ष्य लुकेको छ। यसले गर्दा युवा जोडी घुमफिर गर्न बाहिर जानेछन्, एकअर्कालाई राम्ररी बुझ्ने छन् र विवाह गरी घरपरिवार बढाउने सोचमा लाग्नेछन्। 

केही अर्थशास्त्रीले भने सरकारको यो रणनीतिक सुझावको आलोचना पनि गरेका छन्। उनीहरुका अनुसार यसरी काम गर्ने दिन घटाउँदा कर्मचारीको आय पनि घट्न सक्ने बताउँछन्। ‘किनकि विश्वविद्यालयमा काम गर्ने छात्रछात्रा आम्दानीका लागि पार्टटाइम जागिर गरिरहेका हुन्छन्, उनीहरुले साना कम्पनीहरु रोजेका हुन्छन्’, एक अर्थशास्त्री भने, ‘यसले गर्दा पार्टटाइम जागिर गर्नेहरु आय घट्न सक्छ, साना कम्पनीहरुले त्यस्ता कर्मचारीलाई जागिर अफर पनि नगर्न सक्छन्।’ – एजेन्सी