काठमाण्डौ ।भ्रष्टाचारको आरोप लागेपछि जापानमा सत्तारुढ दलका चार जना मन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् ।

मुख्य क्याबिनेट सचिव तथा सरकारका प्रवक्ता हिरोकाजु मात्सुनो, प्रधानमन्त्री किशिदाको चार मन्त्रीहरूमध्ये सबैभन्दा प्रमुख थिए। अर्थ तथा उद्योग मन्त्री यासुतोशी निशिमुरा, आन्तरिक मामिला मन्त्री जुनजी सुजुकी र कृषि मन्त्री इचिरो मियाशिताले पनि राजीनामा दिएका छन् ।

सन् २०२२ सम्म पाँच वर्षको अवधिमा ५०० मिलियन येन अर्थात् ३.४ मिलियन अमेरिकी डलर बराबरको रकम हिनामिना गरेको आरोप लागेपछि उनीहरुले पदबाट राजीनामा दिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख छन् । 

पछिल्लो घटनाले जापानका प्रधानमन्त्री फुमियो किशिदाको बढ्दो अलोकप्रिय सरकारको उदाहरण रहेको विश्लेषण हुन थालेको बताइएको छ।

सन् १९५५ देखि लगातार सत्तामा रहेको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को जनसमर्थन सन् २०१२ पछि पहिलो पटक ३० प्रतिशतभन्दा तल झरेको माचार एजेन्सी एनएचकेले गरेको सर्वेक्षणले देखाएको छ।-एजेन्सी