काठमाण्डौ । फिरौतिको उद्देश्यले ब्रिटेन समेत विश्वका विकसित ९९ भन्दा बढी देशका अस्पताल तथा कम्पनीहरुमाथि भएको एकसाथको हालसम्मकै ठूलो साइबर आक्रमणका कारण त्रास मच्चिएको छ । यो आक्रमणसँगै साइबर सुरक्षाको मुद्धा समेत निकै अहम् ढंगले बहसमा आएको छ । निकै व्यापक रुपमा फैलिरहेको साइबर आक्रमणबाट सतर्क रहन वा बच्न अब सबैलाई आवश्यक भएको छ । किनभने अब कम्प्युटरदेखि लिएर तपाईले बोक्ने स्मार्टफोन तथा एटीएम कार्डदेखि लिएर तपाईको बैंक अकाउण्टसम्म साइबर अपराधीहरुको पहुँचमा रहेको छ । आउनुहोस्, यस्ता केही कमन साइबर क्राइमको बारेमा जानौं, जसले तपाईलाई सतर्क रहन मद्धत गर्नेछ । 

बैंक अकाउण्ट फ्रड
साइबर क्राइमसँग जोडिएको अधिकांश घटना बैकिङ ठगीसँग जोडिएको छ । ह्याकरहरुले तपाईको बैंक अकाउण्टको डिटेल्स पाउनका लागि कयौं विधि अपनाउँछन् । यसका लागि तपाईको मेलमा कुनै लिंक वा अट्याचमेन्ट पठाइन्छ । जसमा क्लिक गरेपछि कि त तपाई बैंकको फेक साइटमा पुुग्नुुहुन्छ या त तपाईको सिस्टममा खतरनाक मालवेयर(भाइरस) आफैं इन्स्टल भइदिन्छ । त्यसकारण कहिल्यै पनि वेबसाइट, सर्भर, मोवाइल या डेस्कटपमा आफ्नो बैंक अकाउण्ट्सको डिटेल्स नराख्नुुहोला ।

कम्प्युटर भाइरस
अनाधिकारिक सफ्टवेयरले तपाईको डिभाइसलाई बर्बाद गरिदिनसक्छ । रेन्समवेयरको भाइरसले तपाईको कम्प्युटरको डाटा वा फोटोलाई एनक्रिप्ट गरिदिन्छ, जसका कारण साइबर आक्रमणकारीले डिजिटल करेन्सीको रुपमा फिरौति माग गर्छन् । 

ह्याकिङ
आजको समयमा ह्याकिङ कुनै रकेट साइन्स होइन । ह्याकरले स्पाम मेल पठाएर तपाईको इमेल ठेगानालाई लक्षित गर्छन् । तपाईलाई थाहा नहुनसक्छ जङ्क मेल फैलाउने देशको सूचिमा भारत सबैभन्दा अगाडि छ । यसका लागि तपाईले आफ्नो सबै अकाउण्टको मजबुत पासवर्ड बनाउनुपर्छ, जसलाई सहज ढंगले ह्याक गर्न नसकियोस् । साथै तपाईको मेलमा आउने फ्रड लिंकबाट सतर्क रहनुुहोस्, किनभने जब तपाईले यसमा क्लिक गर्नुहुन्छ भने तपाईको महत्वपूर्ण जानकारी लिक हुनसक्छ । 

एडभान्स फ्री फ्रड
कतिपय समयमा तपाईलाई केही लोभ्याउने खालका मेल पनि आउँछन् । जसमा तपाईलाई थोरै लगानी गरेर धेरै धन कमाउने लालच दिइन्छ । वास्तवमा यो तपाईको डिटेल ह्याक गरेर तपाईलाई धोका दिने एउटा माध्यम पनि हो । यस्ता खालका इमेलबाट सधैं सतर्क रहनुुहोस् । 

ह्यारेसमेन्ट
इन्टरनेटमा अर्काको मजाक बनाउनु, धम्क्याउनु, लाजमर्दो कमेन्ट गर्नु पनि साइबर एट्याकको कारण बन्न सक्छन् । यसलाई साइबर बुलिङ पनि भनिन्छ । जसलाई सोशल मिडियामा ट्रोलिङको रुपमा समेत चिनिन्छ । 

ब्ल्याकमेल
अनलाइन ब्ल्याकमेलिङको खतरा पनि तीव्र गतिमा बढिरहेको छ । यसमा व्यक्तिको निजी तस्विर वा भिडियोलाई अनलाइन पब्लिस गर्ने धम्की दिएर मोटो रकम फिरौतिको रुपमा मागिन्छ ।