काठमणडौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि बम्पर लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा चुक्तापुँजी १६ करोड रुपैयाँको ७३ प्रतिशतले हुन आउने ११ करोड ६८ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ३.८४२१ प्रतिशतले हुन आउने ६१ लाख ४७ हजार ३६८ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago