काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ। यो साता कारोबारको अन्तिम शुक्रबार पनि सुनको भाउ सर्वाधिक उचाइमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एकैदिन सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ। यो बढाइसँगै सुनको भाउ प्रतितोला छापावाल ८२ हजार ५०० रुपैयाँ र तेजाबी ८२ हजार २०० रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली सुनबजारकै इतिहासमा उच्च हो।
कोरोना भाइरसले विश्वबजारमा अन्य उद्योगधन्दामा मन्दी छाएसँगै सुरक्षित कारोबारका लागि सुनमा लगानी बढ्न थालेपछि यसको भाउमा उछाल आएको हो।
यो साता कारोबारको पाँचौँ दिन बिहीबार तोलामा २०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको थियो। तोलामा २०० रुपैयाँ बढेसँगै बिहीबार प्रतितोला छापावाल सुन ८० हजार ७०० रुपैयाँ र तेजाबी सुन ८० हजार ४०० रुपैयाँ कायम भएको थियो।
यो साता कारोबारको पाँचौँ दिन बिहीबार तोलामा २०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो। तोलामा २०० रुपैयाँ बढेसँगै बिहीबार प्रतितोला छापावाल सुन ८० हजार ७०० रुपैयाँ र तेजाबी सुन ८० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बुधबार एकैदिन तोलामा २ हजार २०० रुपैयाँले बढेर प्रतितोला छापावाल ८० हजार ५०० रुपैयाँ र तेजाबी ८० हजार २०० रुपैयाँ कायम भएको थियो।
गत मंगलबार प्रतितोला छापावाल सुन ७८ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो।
सुनको भाउ यो साता आइतबार र सोमबार प्रतितोला छापावाल ७८ हजार रुपैयाँ र तेजाबी ७७ हजार ७०० रुपैयाँ थियो। आइतबार सुनको भाउ भने तोलामा एकैदिन १ हजार २०० रुपैयाँले घटेको थियो।
यो साता कारोबारको अन्तिम दिन शुक्रबारसम्म सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले बढेको छ।
बजार विश्लेषकहरुका अनुसार सुनको भाउ अझै बढ्न सक्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस २ हजार डलर पुग्ने प्रक्षेपण यसअघि नै भइसकेको छ। यसको मतलब सुन प्रतिऔँ २ हजार डलर पुग्दा नेपाली बजारमा पनि प्रतितोला ९५ हजार रुपैयाँको हाराहारीमा पुग्न सक्छ।
कारोबारको अन्तिम दिन शुक्रबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ८९० रुपैयाँ पुगेको छ । यो साता चाँदीको भाउ भने समग्रमा ३० रुपैयाँको बढोत्तरी देखिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19