काठमाण्डौ । जीओ अटोमोबाइल्स प्रालि (जीओ फोर्ड)ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेस्ट भित्र्याएको छ। 

शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाइएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको छ। नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लि. Bi-Turbo डिजेल इन्जिनमा १०–स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ। यसले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्दछ।

जीओ अटोमोवाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताहरुका साथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयूभी हो। यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरेभन्दा माथि उत्रिन सफल हुनेछ। यसको परिष्कृत मुल्यले नेक्स्ट–जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको ईच्छाएको र छनौटको एसयुभी बन्नेमा हामी विश्वस्त छौँ।’ 

पूर्ण चौडाइको कोस्ट–टु–कोस्ट इन्स्ट्रुमेन्ट प्यानल र सेन्टर कन्सोलद्वारा विस्तारित फराकिलोपनको आभास दिँदै नेक्स्ट–जेन एभरेस्टले आरामदायी र सुविधाजनक ड्राइभको लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेकजस्ता अन्य धेरै सुविधा प्रदान गर्दछ। दुवै दोस्रो र तेस्रो पंक्तिको सिटहरु सुरक्षित लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको छ। फोर्डको ग्लोबल डिजाइन डीएनएअन्तर्गत सी–क्ल्याम्प हेडल्याम्प र बलियो तेर्सो माथिल्लो ग्रिल बारमा प्रतिविम्बित हुन्छ। अगाडिको छेउमा तेर्सो र ठाडो तत्वहरूको मिश्रणले यसको उपस्थितिलाई थप दरिलो बनाउँछ। 

नेक्स्ट–जेन फोर्ड एभरेस्ट आकर्षित र साहसिक यात्राका लागि यसको केन्द्रिय क्षमताको साथ डिजाइन गरिएको छ। प्रिमियम स्तरको कलाकौशलले भित्री भाग बनाइएको छ। जसमा ७ जनासम्मलाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्ट प्रविधि र सुरक्षाले प्रत्येक यात्रालाई थप यादगार बनाउँछ।

नवीनतम प्रविधिको ठूलो र उच्च रिजोल्युसन भएको १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल यसमा जडित छ र नेक्स्ट–जेन एभरेष्ट फोर्डको नवीनतम क्थ्ल्ऋद्धब्®प्रणाली रहेको छ।

ड्राइभर असिस्ट टेक्नोलोजीहरूको नयाँ सुइटले भरिएको, नेक्स्ट–जेन एभरेष्टले तपाईंलाई र तपाईंको परिवारलाई सुरक्षित राख्न मद्दत गर्दछ। एक्टिभ पार्क असिस्ट २.० ले बटन थिच्दा पार्किङको तनाव कम गर्न मद्दत गर्छ साथै स्टप एण्ड गोको साथमा नयाँ क्रुज नियन्त्रण रहेको छ जसले चालकहरूलाई सडकमा थप आत्मविश्वास र कन्ट्रोलको महसुस गराउँछ। अन्य नयाँ सुरक्षा सुविधाहरूमा सडक किनारा पत्ता लगाउने लेन–किपिङ प्रणाली, इभासिभ स्टीयर असिस्ट, र रिभर्स ब्रेक समावेश छन्।

नेक्स्ट–जेन एभरेष्टको ट्रयाकमा ५०एमएम वृद्धिले सडकमा थप नियन्त्रित सवार प्रदान गर्न मद्दत गर्छ र ट्विक्स टु डाम्पर सेटिङले फोर्ड टिमले एभरेष्टको अन–रोड र अफ–रोड सवारीमा थप रमाइलो र नियन्त्रित गर्न सहयोग दिएको छ।  कुनै नयाँ ठाउँ एक्सप्लोर गर्न चाहनुहुन्छ ? दुईवटा फोर–ह्वील ड्राइभ प्रणाली, अन्डरबडी प्रोटेक्शन र अफ–रोड चयन गर्न मिल्ने ड्राइभ मोड र रियर लकिङ डिफरेंशियल, दुई फंक्सनल टो हुक अपफ्रन्ट साथै एक्सेसरिजका लागि अपफिटर स्विचको विकल्पसहित नेक्स्ट–जेन एभरेस्ट जान तयार छ।

दुई ४डब्ल्यूडी प्रणालीहरु, दुई–स्पिड इलेक्ट्रोनिक सिफ्ट–अन–द–फ्लाई, ट्रान्सफर केस, जसलाई पार्ट–टाइम ४डब्ल्यूडी प्रणाली पनि भनिन्छ र अर्को उन्नत, स्थायी चारपांग्रे ड्राइभ प्रणालीका साथै चयन गर्न मिल्ने ड्राइभ मोडहरु इलेक्ट्रोनिक रुपमा नियन्त्रित अन–डिमान्ड दुई–स्पीड इलेक्ट्रोमेकानिकल ट्रान्सफर केस (ईएमटीसी) प्रयोग गरिएको छ।

एभरेस्टको अफ–रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ साथै चालकलाई अवरोधहरु हेर्न र त्यसबाट निस्कन मद्दत गर्दछ। एकल बटन थिचेर, चालकले आफ्नो ड्राइभलाइन र डिफ–लक इन्डिकेटरहरु, स्टेयरिङ कोण र गाइडहरुका साथै गाडीको रोल र पिच कोणहरु हेर्न सक्छन्।

नेक्स्ट–जेन फोर्ड एभरेष्टमा ८०० एमएम सम्मको वाटर वेडिङ क्षमताका साथै अन्य धेरै नयाँ सुविधा छन्।