काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक आज ३.४२ अंकले घटेर १ हजार ८४७.८१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा उपसूचकहरुमा हरियाली छाएको छ भने बाँकी उपसूचकहरु घटेका छन् ।

बीमा समूहका दुई वटै उपसूचक बढेका छन् । जीवन बीमा सब इन्डेक्स ०.९७ प्रतिशत र निर्जीवन बीमा सब इन्डेक्स ०.३४ प्रतिशतले बढेको छ । 

बीमा उपसूचकहरु चम्किदा आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा सानिमा जीआईसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.८३ प्रतिशतले बढेर ४६५ रुपैयाँ पुगेको छ । 

त्यस्तै, सानिमा रिलायन्स लाइफको २.२३ प्रतिशतले बढेर ४५० रुपैयाँ, सिटिजन लाइफको २.१९ प्रतिशतले बढेर ४४९ रुपैयाँ ८० पैसा, रिलायबल नेपाल लाइफको २.१९ प्रतिशतले बढेर ४६७ रुपैयाँ, नेशनल लाइफको २ प्रतिशतले बढेर ५६० रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.९१ प्रतिशतले बढेर ४८० रुपैयाँ, सन नेपाल लाइफको १.७० प्रतिशतले बढेर ४७३ रुपैयाँ सेयरभाउ पुगेको छ । 

यसका साथै आइएमई लाइफको १.६० प्रतिशत, सुर्यज्योति लाइफको ०.८१ प्रतिशत, हिमालयन एभरेष्टको ०.८१ प्रतिशत, सलिकोको ०.७६ प्रतिशत, हिमालयन लाइफको ०.७० प्रतिशत प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै नेपाल इन्स्योरेन्सको ०.५० प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४१ प्रतिशत, एशियन लाइफको ०.३२ प्रतिशत, नेपाल लाइफको ०.१५ प्रतिशत, युनाइटेड अजोडको ०.०२ प्रतिशत र एलआइसी नेपालको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । 

बीमा उपसूचकहरु बृद्धि भएपनि आज केही बीमा कम्पनीहरुको सेयरभाउ घटेका छन् । सर्वाधिक सेयरभाउ घट्नेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । नेपाल रिइन्स्योरेन्सको सेयरभाउ १.४५ प्रतिशतले घटेर ६१० रुपैयाँमा कायम भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको ०.८१ प्रतिशतले घटेर ७३८ रुपैयाँ कायम भएको छ । 

यसका साथै प्रभु इन्स्योरेन्सको ०.६१ प्रतिशतले घटेर ६५० रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.२७ प्रतिशतले घटेर ६९७ रुपैयाँ १० पैसा र नेको इन्स्योरेन्सको ०.१९ प्रतिशतले घटेर ८०१ रुपैयाँ कायम भएको छ ।

बीमा उपसूचकहरु चम्किएसँगै आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनी परेका छन् । सर्वाधिक सिटिजन लाइफको ५ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सको ५ करोड १९ लाख, रिलायबल नेपाल लाइफको ४ करोड २९ लाख, सन नेपाल लाइफको ४ करोड २६ लाख र हिमालयन लाइफको ३ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।