काठमाण्डौ । छोटो समयमै नेपाली बजारमा राम्रो प्रभाव पार्न सफल ब्रान्ड जेएमसीले भिगस प्लस नामक आफ्नो पिकअप गाडी खरिदकर्ताका लागि आकर्षक फाइनान्स अफर लिएर आएको छ। 

यस अफरअन्तर्गत खरिदकर्ताले ७५ प्रतिशत फाइनान्समा भिगस प्लस गाडीलाई आफ्नो बनाउन सक्नेछन्। खरिदकर्ताकै सहजताका लागि भनेर अफरअन्तर्गत २४ घन्टाभित्र डेलिभरी, आकर्षक नगद छुट र सहज एक्सचेन्जका साथ हरेक टेस्ट ड्राइभमा उपहारसमेत जेएमसीले दिँदै आएको छ। 

त्यसका साथै शोरुम नधाईकन टेस्ट ड्राइभ गर्न चाहनेका लागि भनेर जेएमसीले डुवरस्टेप सुविधा पनि लिएर आएको छ। जसमा जेएमसीका कर्मचारी गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरैसम्म पुग्नेछन्। 

नेपालमा शंकर ग्रुपको मातहतमा रहेको शौर्य ग्रुप आधिकारिक बिक्रेता रहेको जेएमसी एक चाइनिज सवारीसाधन कम्पनी हो। फोर ह्विल ड्राइभ भएको भिगस प्लस मोडलको पिकअपजस्ता अत्याधुनिक र गुणस्तरका गाडी उत्पादन गर्ने जेएमसीले चीनको बजारमा बलियो प्रवाभ पार्न सफल बनिसकेको छ। 

चीनमा जेएमसीका ट्राभलर भ्यान र कार्गो ट्रकलगायतका अन्य अरु सवारीसाधन पनि उपलब्ध रहेका छन्। चिनियाँ बजारको अपार सफलतापछि नेपाल भित्रिएको जेएमसीले आगामी दिनमा नेपालभित्र अन्य अरु मोडलका गाडीहरु पनि भित्र्याउने योजना बनाएको छ।