काठमाण्डौ । सिद्धार्थ बैंकले काठमाण्डौस्थित गोकर्णेश्वरको जोरपाटी र कुलेश्वरमा बिहीबार शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको छ ।
एक समारोहका बीच यी दुवै स्थानमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । बैंकका अध्यक्ष मनोजकुमार केडियाले ती दुवै शाखाको उद्घाटन गरेका बैंकले जनाएको छ ।
बैंकले ती दुवै शाखा कार्यालयहरुमार्फत सबै बैकिंग सेवाको साथमा एटीएम सेवा समेत उपलब्ध गराउने बताइएको छ ।
यस शाखा समेत बैंकले देशभरि रहेका ७७ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम काउण्टर, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago