काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालय पेप्सिकोला, नेपालटार र उपत्यका बाहिरको शाखा कार्यालय विराटनगरबाट एटीएम सेवा पनि संचालनमा ल्याएको छ । 
 
यससँगै बैंकले १७ स्थानबाट एटीएम सेवालाई ग्राहकवर्गमा पुर्याएको हो । 
 
हालै मात्र बैंकलेव एससिटी कार्डलाई प्रतिस्थापन गरी भिजा डेबिट कार्ड प्रयोगमा ल्याएको छ । 
 
हाल बैंकले ५४ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ५ वटा नयाँ शाखा तथा थप ५ स्थानमा एटीएम संचालनमा ल्याउने बताएको छ । 
 
हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व २० करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ३० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।