काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले यही पुस २९ गते काठमाण्डौको राष्ट्रिय सभागृहमा साधारणसभा डाकेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १२ प्रतिशत बोनस सेयर अनुमोदन हुनेछ । सभामा बोनस सेयर स्वीकृत गर्ने र सोही हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्नेसम्बन्धी प्रस्ताव पनि स्वीकृत हुनेछ ।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित हुनेछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम सेयरधनीहरु साधारणसभा र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।