काठमाण्डौ । प्राथमिक बजारमा फेरि अर्को एक जीवन बीमा कम्पनीको साधारण सेयर आउने भएको छ ।
ज्योति लाइफ इन्स्योरेन्सले साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो ।
यो कम्पनीले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ६६ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । कुल निश्कासन हुने कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डहरुलाई संरक्षित गरिएको छ भने बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्
कम्पनीले हालै मात्र बोर्डमा आवेदन दिएकोले स्वीकृत हुन भने समय लाग्नेछ ।
आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।
पछिल्लो समय नयाँ जीवन बीमा कम्पनीहरुले धमाधम आइपीओ निश्कासन गरिरहेका छन् । यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सले आइपीओ निश्कासन गरिसकेको छ भने प्रभू लाइफको आइपीओ मंसिर २९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला हुँदैछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago