काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३९ करोड रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ।
कम्पनीको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बीमाशुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ९२.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा बीमा शुल्क आर्जन ७२ करोड ५४ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ९३.७६ प्रतिशतले बढाएर ११ करोड ११ लाख रुपैयाँ गरेको छ। अघिल्लो वर्ष यस्तो आय ५ करोड ७३ लाखमा सीमित थियो।
यसैगरी अघिल्लो वर्षको यही अवधिसम्म बीमालेखको धितोमा कर्जाबाट हुने आय ७ करोड ८४ लाख रुपैयाँमा रहेकोमा बढेर १५ करोड ४३ लाख रुपैयाँ पुगेको छ।
यो अवधिमा कम्पनीले १ करोड ५१ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७४१.३६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी १८ लाख ३ हजार रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा कम्पनीले व्यवस्थापनतर्फ १८ करोड ९० लाख बढी खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो खर्च साढे ५ करोड ८१ लाख रुपैयाँभन्दा बढी थियो।
समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढएर २ अर्ब ९१ करोड पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको आकार २ अर्ब २५ करोडमा सीमित थियो।
अघिल्लो वर्षको यही अवधिसम्म ४६ करोड ५ लाख रुपैयाँमा सीमित जगेडा तथा कोषको आकार बढेर ४८ करोड २४ लाखको उचाइमा पुगेको छ।
यसैगरी महाविपत्ति जगेडाको आकार ५ करोड ११ लाखबाट बढेर ५ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा यो कम्पनीको खुद नाफा ५६.५६ प्रतिशतले बढेर १९ करोड ७८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा ६ करोड ८९ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिका लागि यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३४.८१ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19