काठमाण्डौ । ज्योति विकास बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

मंसिर २४ गते सम्पन्न कम्पनीको २९० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष ज्योति विकास बैंकले ११.७ प्रतिशत लाभांश वितरण गरेको थियो । 

यो बैंकले हालै राप्तिभेरी विकास बैंकलाई प्राप्ति गरी कात्तिक ८ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ । राप्तिभेरी विकास बैंकका सेयरधनीका लागि भने सोही बैैंकको बोर्ड बैठकले प्राप्तिको प्रक्रिया पूरा हुनुुअघि नै ६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो ।

ज्योति विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा ४ करोड ५२ लाख खूद नाफा आर्जन गरेको छ । 

राप्तिभेरीलाई प्राप्तिपछि यो बैंकको चुक्तापुँजी २ अर्ब ३६ करोड रुपैयाँ पुुगेको छ भने बोनसपछि २ अर्ब ५९ करोड माथि पुुग्नेछ ।