 
                     
                                
                             
                                    काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।
कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६ ७७ सम्मको सञ्चित मुनाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
प्रस्ताव अनुसार लाभांश स्वीकृत भएमा कम्पनीले ११ करोड रुपैयाँ बराबरको बोनस सेयर तथा १२ करोड १५ लाख ७८ हजार ९४७.३७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19