 
                     
                                
                             
                                    काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य खुद मुनाफा तथा वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य रकम ५९ करोड ६९ लाख ३८ हजार ८१८ रुपैयाँबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँको कुल १५.५ प्रतिशतले हुन आउने ५९ करोड ५९ लाख ४७ हजार ५३१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ११ प्रतिशतले हुन आउने ४२ करोड २९ लाख ३० हजार ५०६ रुपैयाँबराबरको बोनस सेयर र ४.५ प्रतिशतले हुन आउने १७ करोड ३० लाख १७ हजार २५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19