काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको बहीबार बसेको बैठकले विशेष साधारणसभा यही साउन २४ गते आयोजना गर्ने निर्णय गरेको हा। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सूर्या लाइफ इन्स्योरेन्ससँग मर्ज प्रयोजनका लागि सञ्चालक समितिले हालसम्म गरेका कार्य र निर्णयहरु अनुमोदन गर्नेछ। सभाले मर्ज प्रयोजनका लागि आवश्यक थप गतिविधि गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
ज्योति लाइफ र सूर्या लाइफबीच गत असार १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।
सभाले कम्पनीको १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सेयर रुपान्तरणपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर संरचना ५१ः४९ अनुपात हुनेछ। यसअघि कम्पनीमा संस्थापक र संस्थापकको सेयर संरचना ७०ः३० अनुपातमा छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19